You are viewing the translated version of बीमा विकास कोषको प्रयोगको क्षेत्र.

Section 104
बीमा विकास कोषको प्रयोगको क्षेत्र
ऐनको दफा १५१ बमोजिम बीमा विकास कोषमा रहेको रकमको प्रयोग आर्थिक रूपले विपन्न वर्गका नागरिक- समक्ष. बीमाको पहुँच पुच्याउन देहायका क्षेत्रमा प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछः-

(क) बीमाशुल्कमा अनुदान कार्यक्रम संञ्चालन गर्न,

(ख) ८ बीमा सम्बन्धी समुदाय लक्षित नमुना

(पाइलट) परियोजना सञ्चालन गर्न,

(ग) बीमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न,

(घ) बीमा सम्बन्धी आवश्यकता पहिचान गर्न अध्ययन तथा अनुसन्धान गर्न,

(ङ) बीमा साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गर्न,

(च) लघु तथा स्वास्थ्य बीमा सम्बन्धी कार्यक्रम सञ्चालन गर्न,

(छ) नेपाल सरकारको गरिबी निवारण सम्बन्धी रणनीति अन्तर्गत अतिविपन्न वर्गको प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको बीमाद्वारा रक्षावरण गर्न,

(ज) नेपाल सरकारले तोकेको कुनै खास समुदाय वा क्षेत्रलाई बीमाको दायरामा ल्याउने कुनै कार्यक्रम सञ्चालन गर्न,

(झ) नागरिकको (बीमा हित संरक्षण सम्बन्धी अन्य आवश्यक कार्यक्रम सञ्चालन:गर्न।